२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

अखिल समाजवादी नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम सम्मेलनबाट ५१ सदस्यीय इकाई समिति निर्वाचित

भरतपुर,। अखिल (समाजवादी) नारायणी बहुप्राविधिक शिक्षालयको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सुरज सीको अध्यक्षतामा ५१ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ।

आज सम्पन्न सम्मेलनमा शिक्षालयका विभिन्न संकायका सयौँ विद्यार्थीहरूको उपस्थिती रहेको थियो। कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा चितवन सेक्रेटरी रुद्र सीले विद्यार्थीहरूमा राजनीतिक चेतना हुनुपर्नेमा जोड दिँदै भने, “विद्यार्थीहरू समस्यामा छन् तर सरकारले आवश्यक सुविधा दिन सकेको छैन। यही कारण विद्यार्थी पलायन भइरहेको छ। यो अवस्थालाई रोक्न समान, व्यवहारिक र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली निर्माण अनिवार्य छ।”

त्यस्तै, अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले विद्यार्थी आन्दोलन ऐतिहासिक रूपले सबै जनआन्दोलनको प्रेरक शक्ति भएको उल्लेख गर्दै भने, “यो उमेर उर्जाले भरिएको उमेर हो, त्यसैले हरेक विद्यार्थी क्रान्तिकारी हिरो बन्नुपर्छ। आज नेपालमा भएका समस्याविरुद्ध लड्ने मोर्चाको अग्रपंक्तिमा विद्यार्थीहरू उभिनुपर्छ।”

नेकपाका नेता भरत सीले विद्यार्थीहरूको पक्षमा पार्टी सधैं उभिने बताए भने अखिल (समाजवादी) का केन्द्रीय सचिवालय सदस्य लोकेश सीले शिक्षालयभित्रका समस्या विरुद्ध लड्ने एकमात्र संगठन अखिल (समाजवादी) भएको उल्लेख गरे।

कार्यक्रममा स्वागत आदित्य सीले गरेका थिए । भने साङ्गठनिक प्रस्ताव सुदिप सीले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सौगात सीले गरेका थिए।

जिल्ला सेक्रेटरी रुद्र सी प्रमुख अतिथी रहेको कार्यक्रममा अतिथिहरूमध्ये अटल सी, भरत सी,लोकेश सी, सुदिप सी, पारस सी, सौगात सी, दिपेश सीलगायतको उपस्थिती रहेको थियो।

कार्यक्रमको अन्त्यमा निर्वाचित समिति सदस्यहरूलाई अविर लगाएर शुभकामना र बधाई दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?