२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहट। रौतहटको गौर नगरपालि ९ मुडवलवा गेट नजिकै आइतबार बिहान सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेस देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीका अनुसार सुटकेस खोलेर हेर्दा करिब ३० वर्षीया अज्ञात महिलाको शव कोचेर राखिएको अवस्थामा भेटिएको हो। मृतकको पहिचान अझै खुल्न सकेको छैन। शवलाई मुचुल्कापछि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।

घटनाको अनुसन्धानका लागि प्रहरीले आसपासको विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेज जाँच गर्दै छ। यससँगै हालैको एक सातामै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ—नेपाल लजभित्र मृत भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया, र अहिले सुटकेसभित्र भेटिएकी अज्ञात महिला।

प्रहरीले घटनालाई गम्भीर मानेर थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?