रोल्पामा अरिङ्गालले टोकेर एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते

रोल्पा । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहीबार साँझ करिब ४ः३० बजे श्री वीरेन्द्र माध्यमिक विद्यालयका ६ जना विद्यार्थी विद्यालय छुट्टीपछि घर फर्किने क्रममा अरिङ्गालले आक्रमण गरेको हो।

घाइते भएका विद्यार्थीलाई राति करिब ९ बजे रोल्पा अस्पताल, रेउघा ल्याइएको थियो। तर, उपचारका क्रममा त्रिवेणी गाउँपालिका–७ धाक्रीपानी निवासी वर्ष ७ का मोहन परियारको मध्यरात १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य पाँच जना घाइतेलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही (दाङ) रिफर गरिएको छ। घाइतेहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शङ्कर परियार, १० वर्षीया मनीषा परियार, ८ वर्षीय कमल परियार र ४ वर्षीय आशिष परियार रहेका छन्।

विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार घाइते सबैको अवस्था चिन्ताजनक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?