पुटिनसँग शिखर सम्मेलन हुनुपूर्व सुरक्षाको सुनिश्चित हुनुपर्छः जेलेन्स्की

काठमाडौं । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताउनुभएको हो ।

बिहीबार जारी गरिएको टिप्पणीमा उहाँले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिनुभएको छ । रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उहाँले बताउनुभयो ।

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको भन्दै किएभले मस्कोको मागसँग पूर्णतया मेल नखाने सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहनुभएको छ ।

शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उहाँले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउनसक्ने देखिएको छ ।

“हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे बुझ्न चाहन्छौं,” जेलेन्स्कीले बिहीबार प्रकाशनका लागि जारी पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “कुन देश प्रत्येक विशिष्ट क्षणमा के गर्न तयार छ रु हामीले यो बुझ्न आवश्यक छ ।”

बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई समर्थन गर्न एक सैन्य गठबन्धन खडा गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?