महोत्तरीमा १८ लाख बराबरको भन्सार छलीका लत्ता कपडा बरामद

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित एक घरमा प्रहरीले छापा मार्दै करिब १८ लाख रुपैयाँ बराबरको भन्सार छलीका लत्ता कपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा गएको टोलीले स्थानीय सुबोध यादवको घरमा खोजतलासी गर्दा भारत, पश्चिम बंगाल, कोलकाताका ३६ वर्षीय मनोज राय बस्दै आएको पत्ता लागेको हो।

प्रहरीका अनुसार, भदौ ४ गते राति प्राप्त विशेष सूचनाका आधारमा छापा मारिएको थियो। तलासीका क्रममा लत्ता कपडासँगै घरभित्र एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत फेला परेको छ।

मनोज रायलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आखेटोपाहारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महोत्तरी भारतसँग जोडिएको खुला सीमावर्ती जिल्ला भएकाले वर्षौँदेखि भन्सार छलीका सामान नेपाल भित्रिने घटना दोहोरिँदै आएको छ। निगरानी प्रणालीका बाबजुद पनि यस्तो गतिविधि रोकथाममा चुनौती कायम रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?