२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

महोत्तरीमा १८ लाख बराबरको भन्सार छलीका लत्ता कपडा बरामद

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित एक घरमा प्रहरीले छापा मार्दै करिब १८ लाख रुपैयाँ बराबरको भन्सार छलीका लत्ता कपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाको कमान्डमा गएको टोलीले स्थानीय सुबोध यादवको घरमा खोजतलासी गर्दा भारत, पश्चिम बंगाल, कोलकाताका ३६ वर्षीय मनोज राय बस्दै आएको पत्ता लागेको हो।

प्रहरीका अनुसार, भदौ ४ गते राति प्राप्त विशेष सूचनाका आधारमा छापा मारिएको थियो। तलासीका क्रममा लत्ता कपडासँगै घरभित्र एक थान हरिणको सुकेको छाला (आखेटोपाहार) समेत फेला परेको छ।

मनोज रायलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

आखेटोपाहारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महोत्तरी भारतसँग जोडिएको खुला सीमावर्ती जिल्ला भएकाले वर्षौँदेखि भन्सार छलीका सामान नेपाल भित्रिने घटना दोहोरिँदै आएको छ। निगरानी प्रणालीका बाबजुद पनि यस्तो गतिविधि रोकथाममा चुनौती कायम रहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?