सुर्खेतमा चार जना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लोकसेवा आयोगको प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएका चार जनालाई पक्राउ गरेको छ ।

आज वीरेन्द्रनगरस्थित लोकसेवा आयोगको कार्यालयमा सञ्चालित परीक्षामा नागरिकता र प्रवेश पत्रमा फोटो बदलेर परीक्षा दिन र दिन लगाएका व्यक्तिहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२ का धर्मराज चुनरा र उनको सट्टामा परीक्षा दिन आएका सोही जिल्लाको कुशे गाउँपालिका–७, सामाकोटका २५ वर्षीय श्यामशंकर सिंह रहेका छन् । त्यस्तै, दैलेखको भगवतीमाई गाउँपालिका–५ का सुशिल शाही र उनको सट्टामा परीक्षा दिन आएका सोही गाउँपालिका–७ का २० वर्षीय भरत तिरुवा समेत पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार, नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएर लिखत तथा किर्ते सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढाथोकीका अनुसार सुरक्षाको लागि खटिएको प्रहरी टोलीले चारै जनालाई परीक्षा केन्द्रमै नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?