२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

विष्णुपुरमा लागुऔषधसहित तीन जना पक्राउ

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिका–१ मा प्रहरीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १:१५ बजे चौहर्वातर्फ जाँदै गरेको यात्रुबाहक विङ्गर (प्र.२–०१–००१ज ००४३) लाई इलाका प्रहरी कार्यालय विष्णुपुर अगाडि रोकी तलासी गर्दा लागुऔषध फेला परेको हो। प्रहरी नायव निरीक्षक देवकृष्ण मरैता यादवको नेतृत्वमा खटिएको टोलीले यात्रु र झोला–पोका जाँच गर्ने क्रममा मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ का ३८ वर्षीय दिनेश सुनारले लगाएको पाइन्टको दाहिने खल्तीबाट ७.३१ ग्राम तौल भएको खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।

सोही गाडीमा सँगै यात्रा गरिरहेका २९ वर्षीय विशाल गोले र ३८ वर्षीय इन्द्र सुनारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विष्णुपुरमा राखिएको र उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूमाथि संलग्नता र स्रोत पत्ता लगाउने काम तीव्र पारिएको छ भने पक्राउ परेका गाडीलाई भने गन्तव्यतर्फ पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?