२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

गुन्द्रुक र तोमयाम सुप एउटै थालीमा, भक्तपुरमा नेपाली–थाई खाना उत्सव

भक्तपुर । भक्तपुरको रोयल थाई हस्पिटालिटीमा भदौ ४ गते हुने ‘भोजनलिपि स्वाद’को छैटौं संस्करणमा पहिलो पटक नेपाली र थाई परिकार संयुक्तरूपमा प्रस्तुत गरिने भएको छ। यसअन्तर्गत नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयामलाई विशेष परिकारका रूपमा एउटै मेनुमा राखेर फुड सेलिब्रेसन आयोजना हुनेछ।

बिहीवार राधे–राधेमा आयोजित पत्रकार सम्मेलनमा नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले करिब एक दर्जन नेपाली र थाई परिकार प्रदर्शनीमा रहने जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि केवल नेपाली परिकार प्रस्तुत गर्दै आएको अभियानले यस संस्करणमा दुई देशका परिकारलाई संयुक्तरूपमा पस्कन लागेको हो।

रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकालले नेपालमा पहिलो पटक यस्तो संयुक्त खाना उत्सव आयोजना गर्न लागेको बताउँदै, नेपाली उत्पादन गुन्द्रुकलाई विश्व बजारमा लैजान थप अभियान आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भदौ ४ मा हुने प्रदर्शनीसँगै हरितालिका तीजको अवसरमा महिलाहरुलाई ‘दर’ खुवाउने विशेष कार्यक्रमसमेत रहने जानकारी दिनुभयो।

वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सम्बन्धित निकायहरूको सक्रिय पहल अपरिहार्य भएको बताउनुभयो। भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले तारे होटलका मेनुमा नेपाली खाना समावेश गर्न सकिने अभियानमा आफूहरूको निरन्तर प्रतिवद्धता रहेको जनाउनुभयो।

अभियानमा युवा सेफ बिक्रम भिक्स, इङ्वा सुब्बा, मानबहादुर तामाङ लगायतले पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। यसअघि नेपाली खाना प्रवर्धन अभियानका पाँच संस्करण सम्पन्न भइसकेका छन्।

भोजनलिपि स्वाद, अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो, जसलाई यसपटक रोयल थाई हस्पिटालिटीसँग सहकार्यमा प्रस्तुत गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?