कोरिया र नेपालबीचको ५१ औँ कूटनीतिक सम्बन्धको अवसरमा कोइका द्वारा ‘के-फुड’ तालिम समापन

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहकार्य एजेन्सी (KOICA) र ह्युमन रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (HRDK) द्वारा सञ्चालन गरिएको एक साताको ‘के-फुड’ (कोरियन खानपान) तालिम सोमबार सम्पन्न भएको छ।

साउन १९ गतेदेखि २६ गतेसम्म हिमालयन हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, काठमाडौंमा सञ्चालन भएको तालिम पुनरागमन गरेका नेपाली कामदारहरूको सीप विकास र पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो । यो कार्यक्रम ‘के-एचएमआइ’(कोरिया ह्याप्पी माइग्रेशन) परियोजनाअन्तर्गतको पायलट पहल हो,जसलाई २०२२ देखि कार्यान्वयनमा ल्याइएको हो ।

समापन कार्यक्रममा नेपालका लागि कोरियाली राजदूत पार्क टे-यङ सहभागी भए । उनले तालिममा सहभागीहरूलाई बधाई दिँदै प्रमाणपत्र वितरण गरे ।

यो संयुक्त पहललाई कोरिया–नेपालबीचको जनस्तरको सहयोगको प्रतीकका रूपमा लिइएको छ र यसले विदेश फर्केका श्रमिकहरूको व्यावसायिक सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजक संस्थाहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?