कैलाली,। कैलाली कारागारमा बिहीवार रातिदेखि सुरु भएको कैदीबन्दीबीचको कुटाकुटमा एक जनाको मृत्यु भएको छ। कारागार स्रोतका अनुसार मृतकको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन।
घटनामा ४६ जना कैदीबन्दी घाइते भएका छन्। उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच विवाद चर्किएपछि झडप भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। मृतकको शव परीक्षण तथा विस्तृत विवरण संकलन भइरहेको र घटनाबारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ।



