भारतबाट हातहतियारसहित नेपाल छिरेका तीन युवा सिरहामा समातिए

सिरहा, । सिरहा जिल्लाको नरहा गाउँपालिका–३ स्थित मिचैंया–चोहर्वा सडकखण्डबाट कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट नेपाल छिरेर गोलबजारतर्फ जाँदै गरेका ती व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले शंका लागी रोकजाँच गर्दा एक थान कटुवा पेस्तोल बरामद भएको हो।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका ऋषि नाथ मण्डल (१९), ओम शंकर यादव (२०), र आकाश कुमार मण्डल (१९) रहेका छन्। प्रहरीले जनाएअनुसार पेस्तोल आकाश मण्डलको कम्मरमा लुकाई राखिएको अवस्थामा फेला परेको हो।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय मिर्चयामा राखेर अनुसन्धान जारी राखिएको छ। हातहतियार अवैधरूपमा नेपाल भित्र्याउने प्रयास हुन सक्ने आशङ्का गर्दै जिल्ला अदालतबाट तीन दिनको म्याद लिइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?