४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

भक्तपुर इँटा तथा टायल कारखानाका मजदुर आन्दोलनमा

तलब भत्ता नपाएको र कारखाना हटाउने चलखेलविरुद्ध सशक्त आन्दोलनको चेतावनी

भक्तपुर, । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको भक्तपुर इँटा तथा टायल कारखानाका मजदुरहरू तलब–भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्।

स्थानीय किसानहरूको कुल २५० रोपनी जग्गा अतिक्रमण गरी स्थापना गरिएको यस कारखाना वि.सं. २०३५ सालदेखि सञ्चालनमा आएको हो। हाल कारखानामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ७ सय मजदुर कार्यरत रहेको मजदुर नेता राम थापाले जानकारी दिए।

मजदुरहरूका अनुसार लामो समयदेखि कारखाना प्रशासनले उनीहरूको पारिश्रमिक तथा अन्य सुविधाहरू नदिएको र पछिल्लो समय खेलकुद रंगशाला बनाउने नाममा उद्योग हटाउने चलखेलले थप संकट उत्पन्न भएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको यो कारखाना वि.सं. २०६० सालदेखि जगाती, भक्तपुरमा सञ्चालन भइरहेको छ। चिनियाँ जनताको रोयल्टी काटेर नेपाली जनताको हितका लागि प्रदान गरिएको सहयोगबाट निर्मित यस उद्योगलाई अहिले पनि उद्योग तथा अर्थ मन्त्रालय तथा उद्योग विभागको मातहतमा राखिएको छ।

देशमा भौतिक पूर्वाधार विकासको माग बढिरहेका बेला गुणस्तरीय इँटा र टायलको आवश्यकता रहेको भन्दै मजदुरहरूले उद्योग हटाउने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्।

मजदुरहरूको चेतावनी छ – “यदि समयमै माग सुनुवाइ भएन भने हामी सशक्त आन्दोलनमा जान बाध्य हुनेछौँ।”

उद्योगको संरक्षण, मजदुरको हकहित सुनिश्चितता र राष्ट्रिय स्वामित्वमा रहेको सम्पत्तिको उपयोगप्रति गम्भीर ध्यान दिन सरोकारवालाहरूलाई उनीहरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?