२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सहिदको फोटो उपहार लगेर विप्लवलाई भेट्न पुगे किराती

ललितपुर । नेकपा नेता सुदन किरातीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवसँग विशेष भेटवार्ता गर्नुभएको छ । ललितपुरको हात्तीवनमा रहेको नेकपाको कमम्युनमा भएको उक्त भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल गरिएको जनाइएको छ ।

भेटको स्मरणस्वरूप पूर्वमन्त्री किरातीले जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको फोटो “आँखिझ्याल”को विशेष फ्रेममा राखी विप्लवलाई प्रदान गर्नुभएको छ ।

भेटघाटमा जनयुद्धको इतिहास, वर्तमान राजनीतिक अवस्था, जनताको पक्षमा प्रतिबद्ध नेतृत्वको आवश्यकता, र आगामी राजनीतिक दिशा–निर्देशन लगायतका विषयमा विचार–विमर्श भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?