२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

कम्युनिस्ट जनमत समाप्त गर्ने षड्यन्त्र भइरहेको छ : बिप्लब

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा कम्युनिस्ट जनमत समाप्त पार्न केहि बिदेशी शक्तिहरु सक्रिय रहेको दाबी गार्नु भएको छ।जनपत्रकार संगठन नेपालसङ्ग शुक्रबार ललितपुरको हरिसिद्दीमा भएको छोटो भेटघाटको क्रममा विप्लले कम्युनिस्ट जनमत समाप्त गर्ने षड्यन्त्र रहेको बताए ।

झण्डै ६५ प्रतिशत मतदाताहरु कम्युनिस्ट पार्टी सम्बद्ध रहेको कुरा आन्दोलनको सकारात्मक उपलब्धि रहेको चर्चा गर्दै महासचिव विप्लवले उक्त जनमत समाप्त गर्ने र सत्तामा दलालहरुको बर्चस्व कायम गर्ने प्रयास भैरहेको बताए ।

समाजवादी मोर्चा नेपाल संयोजक समेत रहेका विप्लवले नेपालका कम्युनिस्ट पार्टीभित्र पछिल्लो समयमा आपसी विवाद र अन्तरबिरोध देखिएको उल्लेख गर्दै आफूहरुले कम्युनिस्ट आन्दोलन र पार्टीहरुको पुनर्गठन गर्न आवश्यक प्रयत्न गरिरहेको बताए ।

कुराकानीको क्रममा महासचिव विप्लवले माओवादी आन्दोलनलाई नयाँ आधार र रुपान्तरणसहित एकता गर्ने प्रयास गरिरहे पनि माओवादी भित्रको बैचारिक, राजनीतिक र संगठनात्मक अन्यौलताका कारण उक्त प्रयास अहिले नै पुरा हुने स्थिति नरहेको समेत बताए ।

हालै सप्पन्न समाजवादी मोर्चाको बैठकले बिगतका कामको समीक्षा गर्दै भदौ पछि ठोस कार्यक्रम सार्वजनिक गरी अगाडि बढ्ने योजना तय गरिएको र नेपाल कम्युनिस्ट पार्टीले आफ्नो उत्पादन सम्बन्धी योजनालाई थप माथि उठाउने गरी कार्यक्रम तय गर्ने महासचिव विप्लवको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?