२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

कलमसीमा १०८ फिटको शिवमुर्ति निर्माणमा सरकारले सहकार्य गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता

भक्तपुर, । नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धार्मिक पर्यटन प्रवर्द्धनमा कलमसी क्षेत्र उपयुक्त रहेको उल्लेख गर्दै १०८ फिट अग्लो शिवमुर्ति निर्माण कार्यमा सरकारको तर्फबाट सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आज नागपञ्चमीको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८, ९ र बनेपा नगरपालिका–१ को संगमस्थल मानिने कलमसीमा आयोजित विशेष पूजाअर्चना कार्यक्रममा सिंहले यस्तो घोषणा गर्नुभएको हो।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मन्दिर संरक्षण समिति तथा हजारौं भक्तजनको उपस्थिति रहेको थियो।

कलमसीको कल्पेश्वर कालिका देवीको प्रांगणमा रहेको २७ फिट अग्लो कालीनाग मूर्तिसामु विशेष रुद्री पूजा आराधना गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

१०८ फिट शिवमुर्ति निर्माणका लागि हालै सम्पन्न ज्ञानमहायज्ञबाट करिब २ करोड रुपैयाँ चन्दा संकलन भइसकेको छ। साथै, मन्दिरको घेरबार निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको मन्दिर संरक्षण समितिले जानकारी दिएको छ।

कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनसँगै सांस्कृतिक धरोहरको संरक्षणमा समेत सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?