२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

“न्याय खोज्दै गएकी बहिनीको भाई प्रहरी थुनामा, पीडक प्रहरीलाई जोगाउने चलखेल !”

ललितपुर । अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको संस्थामा कार्यरत एक प्रहरी स्वयं जब महिलामाथि शारीरिक तथा मानसिक हिंसा गर्छन्, अनि त्यही संस्थाले पीडकको संरक्षण गर्न थाल्छ भने—नागरिकको विश्वास कहाँ जाने? कालिकोटकी एक महिलाले प्रहरी जवान मानबहादुर विकविरुद्ध शरिरबन्धक, अपहरण र जबर्जस्ती करणीको उजुरी लिएर प्रहरीकहाँ पुगिन्, तर न्याय माग्न गएकी ती महिलाको भाई उल्टै प्रहरी थुनामा परे।

बाजुरा घर भई हाल काठमाडौंमा कार्यरत प्रहरी जवान विकले आफू जागिर लगाइदिने भन्दै ती महिलालाई काठमाडौं ल्याएर लगातार यौन दुर्व्यवहार गरेका थिए। सामाजिक सञ्जालमा आफू ती महिलाका पति भएको झूठो प्रचार समेत गरेपछि पीडित महिला न्यायका लागि ललितपुर प्रहरीमा पुगिन्। तर, पीडकको पक्षमा उभिएको जस्तो देखिएको प्रहरीले उल्टै ती महिलाको भाई विपिनलाई भिडियो खिचेको आरोपमा थुनेको छ।

पीडित महिलाको बयान: “न्याय माग्दा मेरो भाई जेलमा, पीडकलाई संरक्षण!”

“म विवाहित हुँ, दुई छोराछोरी छन् भनेर भनिरहँदा पनि मानबहादुरले मलाई जबर्जस्ती गर्‍यो। पछि ममाथि श्रीमती भन्दै फोटो सार्वजनिक गर्‍यो। मेराे परिवार टुट्ने अवस्थामा पुगेको छ,” पीडित महिलाले भनिन्।

उनी साउन ८ गते आफ्ना दाजुभाइसहित ललितपुर प्रहरी कार्यालय पुगेकी थिइन्। तर प्रहरीहरूले उल्टै मुद्धा दर्ता गर्न आनाकानी गरे, र अन्ततः साउन १२ गते उनका भाईलाई “भिडियो बनाएको” निहुँमा थुनामा हालियो।

पीडितका अनुसार विकको श्रीमती सशस्त्र प्रहरीमा कार्यरत छिन् भने अन्य आफन्तहरू पनि सुरक्षासंस्थामै छन्। यही पहुँचको आडमा मानबहादुरले मुद्धा दर्ता हुन नदिएको आरोप उनी लगाउँछिन्।

पीडित पक्षलाई साथ दिइरहेका पत्रकार कर्ण विश्वकर्मा भन्छन्, “हामीलाई मानवहादुरको भाईले ‘इष्टमित्रको कुरा हो, मिलाऔं’ भने। हामीले मानेनौँ। त्यसपछि हनी ट्रयापको षड्यन्त्र र पैसाको आरोप लगाउने प्रयास गरियो। टेकु प्रहरीबाट समेत फोन आएको छ।”

पीडित महिलाले राज्य संयन्त्रप्रति अपार वेदना व्यक्त गर्दै भनिन्, “म मुद्धा दर्ता गर्न पुगेको हुँ, मलाई साथ दिने मेरो भाई थुनामा छन्। पीडकमाथि कारबाही होइन, मलाई साथ दिनेहरूमाथि षड्यन्त्र भइरहेको छ। यो न्याय होइन। मलाई कानुनी प्रक्रियाबाट न्याय चाहिएको छ।”

यो घटना एउटा पीडित महिलाको मात्र होइन, सम्पूर्ण आमनागरिकको अधिकारमाथिको गम्भीर कुठाराघात हो। यदि अपराध गर्ने प्रहरीको जोगाउने काम प्रहरीले नै गर्छ भने—नागरिक कसका भरोसामा न्याय खोज्ने? राज्यले तुरुन्त निष्पक्ष छानबिन गरि पीडकमाथि अन्याय नगर्नु नै आजको मुख्य माग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?