२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

चाँगुनारायणको हरियालीमा समुदायको हात : सरसफाइ र वृक्षारोपणमा उल्लेखनीय सहभागिता

पर्यटन, संस्कृति र वातावरणको संगमस्थलमा उदाहरणीय प्रयास

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर क्षेत्र संरक्षणको अभियानमा स्थानीय बासिन्दा,वडा कार्यालय र विभिन्न संघसंस्थाहरूको सहकार्यमा एक भव्य सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

 

धार्मिक,सांस्कृतिक र पर्यटकीय दृष्टिले विशिष्ट स्थान राख्ने चाँगुनारायण क्षेत्रलाई स्वच्छ र हरित राख्न स्थानीयहरूको सक्रियता दिनप्रतिदिन उदाहरणीय बन्दै गएको छ ।

 

यसपटकको अभियान द हिमालयन इन्टरपेड प्रालिको समन्वयमा चाँगुनारायण नगरपालिका , वडा लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा सम्पन्न भएको थियो ।

 

कार्यक्रममा युवादेख वृद्धसम्म,सामाजिक अभियन्तादेखि जनप्रतिनिधिसम्मको उत्साहजनक उपस्थिति देखिन्थ्यो।स्थानिय समाजसेवी बलबहादुर भन्नुहुन्छ,“वातावरण जोगाउनु हाम्रो कर्तव्य हो । ग्लोबल वार्मिङ बढिरहेको बेला यस्ता कार्यक्रमले जनचेतना बढाउने काम गर्छ।”

 

कार्यक्रमपछिको क्षणमा पसिनाले भिजेका बलबहादुरले बाटै मा पर्ने हरियाली देखाउँदै गर्वसाथ सुनाए “केही वर्षअघि यो पुरै नाङ्गो डाँडा थियो । हामीले वृक्षारोपण गरेपछि आज यो जंगल जस्तो देखिन्छ। हामी सबैले मिलेर सम्भव बनायौं ।”

यस अभियानले चाँगुनारायण क्षेत्रको प्राकृतिक सौन्दर्य मात्र हैन,पर्यटक मैत्री वातावरण निर्माणमा पनि योगदान दिएको छ। संरक्षण र सरसफाइको यो संस्कृति विस्तार गर्दै जान सकियो भने चाँगुनारायण पर्यावरणीय रूपमा पनि उदाहरणीय गन्तव्य बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?