झौखेलका पाँच खानेपानी उद्योगमा तालाबन्दी, चाँगुनारायणको कडाइ

भक्तपुर, । चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालित पाँच खानेपानी उद्योगको आज पुनः अनुगमन गर्दै उत्पादन र सरसफाइ अवस्थाको स्थलगत निरीक्षण गरेको छ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सम्पन्न अनुगमनमा जी.आर. ड्रिंक्स प्रा.लि, स्वस्तिक बेभरेज, ओएबिएस शुद्ध खानेपानी, इच्छाकामना बेभरेज र हेरिटेज बेभरेज प्रा.लिको निरीक्षण गरिएको थियो।

पानीको स्रोत, सरसफाइ, दर्ता स्थिति, उत्पादन प्रक्रिया र गुणस्तर रिपोर्टका आधारमा पानीको नमुना संकलन गरी परिक्षणका लागि नगरपालिकामा पठाइएको छ।

अनुगमनमा हेरिटेज बेभरेज प्रा.लिको अवस्था सन्तुलित देखिए पनि अन्य उद्योगहरूमध्ये कतिपयले नगरपालिकामा दर्ता नगरेको, स्वच्छता कमजोर देखिएको र पानी जारको गुणस्तरमा सुधार आवश्यक देखिएको पाइएको छ ।

यसअघि पनि नगरपालिकाले चार उद्योगमा बिक्री वितरण प्रतिबन्ध लगाएको भए पनि पालना नभएपछि संयुक्त टोलीले तालाबन्दी गरेको हो ।

अब सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न, लेबलिङ सुधार गर्न, सरसफाइमा ध्यान दिन र गुणस्तर रिपोर्ट अद्यावधिक राख्न निर्देशन दिइएको छ ।

नगरपालिकाले निर्देशनको पालना नगर्ने उद्योगलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?