२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

शुक्रबारदेखि महेन्द्रनगर खुलामञ्चमा डे–नाईट मेला

कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा डे–नाईट मेला संचालन हुन लागेकोे छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि डे–नाईट मेला संचालन हुन लागेकोे होे ।
सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा साँस्कृतिक मेला हुन लागेको जनाएको छ । ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला संचालन हुन लागेको छ । सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चिमको कला, संस्कृति सरक्षणका लागि मेला आयोजना गरिएको बताए । मेलामा २५ स्टलमा विभिन्न व्यवसायीक बस्तु तथा सेवा रहेका छन ।

उनले मेलाको साँझ ६ बजेतिर औपचारिक उद्घाटन भीमदत्त नगरका उपमेयर निलम लेखकले गर्ने कार्यक्रम रहेको बताए । ‘यस पटक हामीले पहिलो पटक दिउँसो र केही रातीसम्म मेला संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिबिधी समेत चलायमान हुनेछ ।’ प्रति एक टिकेट बिक्रि बाफत नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई अक्षष कोष बनाउन २रुपैया र अपाङ्गताको हित सरक्षणका लागि पनि २ रुपैया छुट्याईने बताए ।

यस क्षेत्रबाट थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी भएकाले उनीहरुको सम्मान र जिल्लाका क्रिकेट बृद्धि विकासका लागि क्रिकेट संघलाई नै पार्किङ्ग जिम्मा दिएको सो बाफतको रकम क्रिकेट संघलाई नै दिईने छ । भावना एम्युजमेन्ट प्रालिका मार्केटिङ्ग निर्देशक तेज कार्कीले मेलाबाट मनोरञ्जनका साथै आर्थिक, साँस्कृृतिक बृद्धि विकासमा टेवा पुग्ने बताए ।
मेला साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाटै प्रस्तुती हुने बताए । उनले स्थानीय कलाकारको प्रर्बद्धनदेखिका कार्यक्रम हुने बताए । २९साउनसम्मै संचालन हुने मेला अवलोकनका लागि सर्वधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?