२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

समाजवादको यात्राका लागि कम्युनिष्टहरुको वैचारिक रुपान्तरण र एकता जरुरी : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादतर्फको यात्रा सुनिश्चित गर्न कम्युनिष्ट आन्दोलनको रुपान्तरण, सुदृढिकरण र वैचारिक स्पष्टता अत्यावश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसमा बोल्दै उनले दलाल पुँजीवादको अन्त्यबिना देशमा शान्ति र स्थायित्व सम्भव नरहेको उल्लेख गरे। “समाजवादको लक्ष्य प्राप्त गर्न सुस्पष्ट वैचारिक मार्गचित्र, संगठनात्मक रूपान्तरण र सिद्धान्तमा दृढता आवश्यक छ,”उनले भने ।

उनका अनुसार नेपालका सबै कम्युनिष्ट शक्तिहरू एउटै होइनन्, र नेकपा (विप्लव समूह) अन्य कम्युनिष्ट पार्टीहरूभन्दा भिन्न बाटोमा रहेको उनले दाबी गरे। “हामी यो संविधानसँग सती जान चाहँदैनौं। संविधानका राम्रा पक्षलाई स्वीकार गर्दै नयाँ समाजवादतर्फ अघि बढ्नुपर्छ,” महासचिव विप्लवको भनाइ थियो।

जनयुद्ध वा चुनाव मात्रै समाजवादको एक्लो मार्ग होइन भन्ने उल्लेख गर्दै उनले माक्र्सवादको मूल मर्म नत्यागी समसामयिक परिप्रेक्ष्यअनुसार त्यसको विकास गर्दै समाजवादी क्रान्तिको मार्गचित्र निर्माण आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा उनले पुष्पलालको योगदानको स्मरण गर्दै भने, “पुष्पलालले जुन सामाजिक यथार्थको विश्लेषण गरेर कम्युनिष्ट आन्दोलनको बीजारोपण गर्नुभएको थियो, आज पनि हाम्रो आन्दोलन त्यही सन्दर्भमा छ। त्यसैले उहाँको आदर्श र आत्माको स्प्रिडमा अगाडि बढ्न जरुरी छ।”

चुनावी तयारीबारे खुलासा गर्दै उनले नेकपा आगामी निर्वाचनमा सहभागी हुने जनाउँदै जनतासँग समर्थनको अपिल गरे। “हामी अरू पार्टी जस्ता होइनौं। हामी दलाल पुँजीपतिहरूको सट्टा जनताको सत्ता स्थापना गरेर देखाउन चाहन्छौं,” उनको भनाइ थियो।

साथै,उनले केपी ओली नेतृत्वको सरकारसँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा गम्भीर असन्तोष व्यक्त गरे। “हामी त्यो सहमति खोज्दै गएका होइनौं, राज्य स्वयं आएर सम्झौता गरेको हो। तर अहिले वेइमानी गरिएको छ,” उनले स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?