२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सुनापति गाउँपालिकाको पर्यटन सम्भावनाबारे राजधानीमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटन सम्भावनाबारे राजधानी काठमाडौँमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आइतबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सुनापतिको पर्यटन विकासमा सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

पूर्वमन्त्री कान्छाराम तामाङले सुनापतिमा अपार पर्यटन सम्भावना रहेको उल्लेख गर्दै खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकासँग कालोपत्रे सडकमार्फत जडान गर्न सके पर्यटनको विकास अझ प्रभावकारी हुने बताए।

नेकपा माओवादी केन्द्रका पूर्वसांसद श्याम कुमार श्रेष्ठले रामेछापलाई युद्ध पर्यटनको रूपमा चिनाउने प्रयास हुँदै आएको स्मरण गराउँदै सुनापतिमा रहेको ऐतिहासिक स्थलहरूलाई युद्ध पर्यटनसँग जोडेर प्रचार गर्नु आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा स्थानीय ऐतिहासिक सम्पदा जस्तै सुवेदार जम्दार धारो, अग्लेश्वरी पहाडजस्ता स्थलहरूको संरक्षण र प्रचारमा जोड दिइएको थियो। सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न होटल, रिसोर्टलगायतका पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी समेत आवश्यक रहेको बताए।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद देवशंकर पौडेल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति, बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईं, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमल प्रसाद चौलागाईंलगायतले सुनापतिको पर्यटन सम्भावनालाई उजागर गर्न सञ्चार, प्रवर्द्धन र नीतिगत पहलहरू आवश्यक रहेको बताए।

उक्त अन्तरक्रियाले रामेछापको सुनापति क्षेत्रलाई पर्यटन नक्सामा स्थापित गर्ने अभियानमा नयाँ गति थपेको आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?