जनपत्रकार संगठन नेपालका उपाध्यक्ष जानकी चौधरीकी आमाको निधनप्रति शोक

भक्तपुर,। जनपत्रकार संगठन, नेपालले संगठनका केन्द्रीय उपाध्यक्ष जानकी चौधरीकी आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनका अनुसार उपाध्यक्ष चौधरीकी माता भूषी चौधरीको निधन हिजो बिहान ७ बजे बैकुण्ठ प्राप्त भएको हो। उहाँको आफ्नै निवास, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कटुक्ख्यास्थित घरमा ८१ वर्षको उमेरमा निधन भएको पुष्टि गरिएको छ।

संगठनको केन्द्रीय समितिले एक शोक वक्तव्य जारी गर्दै भूषी चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै यस दुःखद घडीमा उपाध्यक्ष चौधरीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

शोक वक्तव्यमा भनिएको छ, “दुःखको यस क्षणमा धैर्यधारण गर्दै शोकलाई शक्तिमा बदल्न र उहाँको सामाजिक तथा राजनीतिक योगदानलाई स्मरण गर्दै हामी आगामी यात्रामा थप प्रतिबद्ध भएर अघि बढ्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?