२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

३० वर्ष भीत्र बच्चा जन्माउन प्रधान मन्त्री को सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए । जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

ओलीका अनुसार,“मानव जातिको अस्तित्व र सुखपूर्ण जीवनका लागि उपयुक्त नीति र कदम आवश्यक छन्। जनसङ्ख्या नहुने हो भने देशको पनि अस्तित्व हुँदैन। सृष्टिको सृजनाका लागि मानव जाति भन्दा मूल्यवान अरू केही छैन।”

उनले मानव विनाशका हतियार निर्माण र युद्धमा संलग्न भइरहँदा अर्कोतर्फ जनसङ्ख्याका विषयमा गोष्ठी र सेमिनार गर्ने परिपाटीप्रति आलोचना गरे । “जनसाङ्ख्यिक असन्तुलनलाई कायमै राख्ने हो भने मानव अस्तित्व संकटमा पर्न सक्छ,” ओलीले चेतावनी दिए ।

सरकारले २० वर्षपछि मात्र विवाह गर्न कानुनी प्रबन्ध मिलाएको उल्लेख गर्दै, ३० वर्षभित्र तीन सन्तान जन्माइसक्नुपर्ने सुझाव दिए। “चालीस कटेपछि रमाउला भन्ने गीतमा अल्मलिनु उचित होइन,” ओलीले भने ।

उनले ‘सन्ताले डाँडाकाँडा ढाकून् नभन’भन्ने जनचेतना फैलाउने क्रममा उल्टो असर परेर सन्तान नहुने अवस्था सिर्जना भएको बताए। विकास भएका देशहरूमा समेत ऋणात्मक जनसङ्ख्या वृद्धि देखिन थालेको उल्लेख गर्दै , राष्ट्रिय जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?