१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

विद्या भण्डारीको खुलासा: “एमालेको आगामी नेतृत्व मेरो लक्ष्य हो”

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किएसँगै अबको आफ्नो प्रमुख लक्ष्य नेकपा एमालेको आगामी अध्यक्ष बन्ने स्पष्ट संकेत दिनुभएको छ। इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको विशेष अन्तर्वार्तामा उहाँले पार्टी नेतृत्वको आकांक्षा खुलस्त पार्नुभएको हो।

राज्यको सर्वोच्च पदमा रही दुई कार्यकालसम्म राष्ट्रसेवामा समर्पित रहेकी भण्डारीले आफूले अहिलेको अवस्थामा नेकपा एमालेको नेता भन्न मिल्ने दाबी गर्दै सरकारबाट प्राप्त सेवा–सुविधा परित्याग गरिसकेको जानकारी दिनुभयो। उहाँले राष्ट्र र पार्टीको हितका लागि सक्रिय राजनीतिमा पुन: प्रवेश गरेको घोषणा गर्दै भन्नुभयो, “यो व्यक्तिगत पदको लोभ वा महत्वाकांक्षाबाट होइन, राष्ट्रिय आवश्यकता र जिम्मेवारीबाट निर्देशित कदम हो ।”

राजनीतिमा पुनरागमनसँगै उहाँले आफ्ना प्राथमिकता पनि स्पष्ट पार्नुभएको छ — जसमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारी प्रवर्द्धनमार्फत आर्थिक सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि, र जलवायु परिवर्तन जस्ता चुनौतीहरूप्रति ध्यान केन्द्रित गर्ने लक्ष्य छ ।

पत्रकार खरेलले सोधेको “यी सबै कुरा गर्न तपाईंलाई एमालेको अध्यक्ष बन्नै पर्छ?” भन्ने प्रश्नमा भण्डारीको जवाफ छोटो तर गहिरो थियो —“हो ।” यस उत्तरले उहाँको स्पष्ट राजनीतिक महत्वाकांक्षा उजागर भएको छ ।

हालका अध्यक्ष केपी शर्मा ओलीबारे बोल्दै भण्डारीले उहाँले दुई कार्यकाल नेतृत्व सम्हालिसक्नुभएको र अब पुनः दोहोरिन नचाहने विश्वास व्यक्त गर्नुभयो। “मैले चिनेको केपी ओली त्यस्तो होइन,” भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।

पार्टीभित्र विगतमा देखिएको गुटबन्दी र विभाजनप्रति पनि उहाँले स्पष्ट धारणा राख्दै त्यसलाई समाधान गर्दै पार्टीलाई सशक्त बनाउने अठोट दोहोऱ्याउनुभयो ।

सक्रिय राजनीतिमा भण्डारीको पुनरागमन र अध्यक्ष पदप्रतिको लक्ष्यमाथि अहिले राजनीतिक वृत्तमा चासो र चर्चा बढिरहेको छ । अबको दिनमा एमालेभित्र नेतृत्व परिवर्तनको सम्भावित तरंगलाई भण्डारीको यो उद्घोषले थप तीव्र बनाउने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?