कञ्चनपुर, असार २५ : कञ्चनपुरकोे बेलौरी नगरका सरकारी लगानीमा संचालनमा रहेका विद्यालयले सुन्य नतिजा ल्याउन ब्रेक गर्न सकेका छैनन । बेलौरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सुन्य नतिजा ल्याउनेक्रम जारी राखेका छन । शैक्षिक सत्र ०८० मा जननमुना माविले सुन्य नतिजा ल्याएको थियो, उतिबेला १६ विद्यार्थी पुरै विद्यार्थी फेल भएका थिए । ०८१मा जननमुना माविले १७ विदार्थीमा ३ विद्यार्थी उर्तिण गराउन सफल भएको छ ।
शैक्षिक सत्र ०८१ मा गणेश माविले सुन्य नतिजा ल्याएको होे । १३ असारमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईकोे तथ्याङ्क अनुसार बेलौरी नगरका सामुदायिक विद्यालय सुन्य नतिजा ल्याउनेक्रम ब्रेक गर्न सकेका छैनन ।
बेलौरी नगरपालिकाले ०८१ एसईईको नतिजा सार्वजनिक गर्दै २६ विद्यालयको ८सय ३९ विद्यालय मध्ये ४ सय ४४उर्तिण, ३सय ९५अनुत्तिण भएका छन । एसईईमा बेलौरी नगरपालिकाले ५७.२२ प्रतिशत नतिजा ल्याएको छ । विडम्बना सरकारी लगानीमा संचालनमा रहेको गणेश माविका २०पुरै विद्यार्थी फेल हुँदा निजी लगानीमको जिवनरेखा विन्दा मन्दिर, ब्राईटस्टार बोेडिङ्ग स्कुल र सनराईज बोडिङ्ग स्कुलले सत प्रतिशत नतिजा ल्याएका छन । जिवनरेखाका २४, ब्राईटस्टारका २२ र सनराईजका ११ पुरै विद्यार्थी उर्तिण भएका हुन ।
यस्तै निजी क्षेत्रबाटै संचालनमा रहेको उग्रतारा बाल विद्यालय, एभरेष्ट बोडिङ्गस्कुल, वास्तल्य विद्या निकेतन र लिटिल गार्डेन ईङलिश बोडिङ्ग स्कुलले उत्कृष्ट नतिजा ल्याएका छन । उक्त चारै विद्यालयका १÷१मात्रै विद्यार्थी अनुर्तिण भएका छन । उग्रताराका २६मा २५, वास्थल्याका ३०मा २९, लिटिल गार्डेनका २६मा २५, एभरेष्टका ३०मा २९ विद्यार्थी उर्तिण भएका छन । वेष्डम एकेडेमीका ४५मा ४३ विद्यार्थी, सिद्धबाबा एकेडेमीका ७मा ४, सिद्धनाथ बोडिङ्गका १९मा १५, सनराईज बोडिङ्गका १३मा ८, ज्ञानशाधन बाल विद्या मन्दिरका २१मा १५ विद्यार्थी उर्तिण भएका छन । सरकारी तर्फ सस्वती माविमा २२मा १५, शान्ति माविका ५९मा ३७, महाकाली माविका ५३मा २७, त्रिभुवन माविमा ३८मा १८, लक्ष्मी माविका ८१मा २२, गोरखनाथका १४मा ३, जनज्योती माविका ७६मा १५, सिद्धेश्वरीका २८मा ५, कल्यानमाविका १९मा ३, भागेश्वर माविका ५७मा ६ र शारदा माविका ३५मा ३ विद्यार्थी उर्तिण भएका छन । सबैभन्दा उच्च जिपिए ३.९६ ब्राईटस्टार, वास्थल्या, लिटिल गार्डेन, ३.८३ बालउग्रताराले ल्याएका छन । सरकारी लगानीमा रहेका विद्यालय निरन्तर एकका दरले निल हुने, अन्य विद्यालय समेतको नतिजा निरासाजनक आएपछि अभिभावक चिन्तित भएका छन ।
बेलौरी नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नतिजा सुधारदेखिका शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गरिने जनाएको छ । बेलौरी नगरपालिका शिक्षा शाखा प्रंमुख अमित प्रशाद भट्टले नतिजा सुन्य आएका विद्यालय सहितका सरोकारवालासंग समिक्षा सहित अघि बढिने बताए ।














