चाँगुनारायणको विकास यात्रामा ‘नगरकोट सडक’ मोडकुण्ड : अब नगर आफैंले बनाउँदैछ बाटो

भक्तपुर,। चाँगुनारायण नगरपालिकाले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्दै “नगरकोट सडक” निर्माणलाई परिवर्तनको मोडकुण्डका रूपमा अघि सारेको छ। एक दशकभन्दा बढी समयदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक अहिले स्थानीय सरकारकै अगुवाइमा कालोपत्रे हुदैगरेको नगर प्रमुखले जानकारी दिएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले विगत १२ वर्षदेखि कालोपत्रे नहुँदा सास्ती भोग्दै आएको सडक अब नगर आफैंले निर्माण गरिरहेको उल्लेख गरे। ठेकेदार कम्पनीले बारम्बार काम छाडेपछि नगरपालिका आफैंले योजनालाई अघि बढाएको हो ।

“अब बाटोको जिम्मेवारी हामीले लिएका छौं। १६ किलोमिटरको सडकमा काम तीव्र रूपमा अगाडि बढिरहेको छ,” खत्रीले भने, “केही समयमै नगरकोट सडक कालोपत्रे भएर सम्पन्न हुनेछ । ”

उक्त सडक परियोजनालाई उनले आफ्नो कार्यकालको “परिचय र परिणाम” दुवैको रूपमा चित्रण गरे। नगरकोट सडक नबन्दा लामो समयदेखि सरकार, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू सबैको आलोचनाको केन्द्र बनेको विषय अब समाधानको दिशामा अघि बढेको उनी विश्वास गर्छन्।

कार्यक्रममा नगर उपप्रमुख रमेश बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत मोहन श्रेष्ठ, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, उपाध्यक्ष हेमराज ढकाल, सहसचिव हरिसुन्दर छुंकालगायतको उपस्थिति रहेको थियो।

सडक निर्माणसँगै पर्यटन, व्यापार र सेवामा नयाँ गति आउने अपेक्षा गरिएको छ। चाँगुनारायण नगरपालिका अब “हेरिएको होइन, आफैंले परिवर्तन ल्याउने” अभ्यासमा जुटेको संकेत यही बाटोले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?