काठमाडौँ- तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारले २०७८ सालमा संवैधानिक निकायमा गरिएको नियुक्तिको वैधानिक्तालाई लिएर परेका रिटमाथि सर्वोच्च अदालतले आज निर्णय सुनाउने भनिए पनि मध्यरात ११ बजे सम्म निर्णय सुनाउने काम अझै सुरु भएको छैन । निर्णय सुन्न रिट निवेदक वकिलहरू पत्रकारहरु संवैधानिक इजलासमा कुरेर बसेका छन् । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निर्णय सुनाउने तोकिएको थियो ।
राति ११ बजेसम्म न्यायाधीशहरू फैसला लेखनमा व्यस्त रहेका सर्वोच्च प्रशासनको भनाई छ ।



