श्रीलंकामाथि नेपालको फराकिलो जित

एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो । दोस्रो हाफमा नेपालले ४ गोल थपेको हो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राना मगरले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको २० औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् । सबिता राना मगरले बायाँतर्फबाट दिएको बललाई उनले हेडर मार्फत गोलमा परिणत गरेकी हुन् । खेलको ५३औं मिनेटमा रश्मिकुमारी घिसिङलाई फाउल गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो ।

नेपालका लागि ५४औं मिनेटमा गीता राना मगरले पेनाल्टीमार्फत गोल गरिन् । यो नेपालको पाँचौं गोल थियो । खेलको ६२औं मिनेटमा नेपालकी डिफेन्डर अनिता बस्नेतको कर्नरमा निशा थोकरले हेडरमार्फत गोल गरेकी हुन् । यो नेपालको छैटौं गोल हो । खेलको ७८औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । पूजाले डिबक्स बाहिरबाट दिएको पासलाई रेखाले हेडरमार्फत गोल गरेकी हुन् । यो प्रतियोगितामा रेखाको यो पहिलो गोल हो ।

नेपालको लागि फर्वाडमा खेलिरहेकी पुजा राना मगरले खेलको ८९औं मिनेटमा गोल गरिन् । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा छ ।

अन्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ। नेपालले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो । यदि समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा नेपाल २६ वर्ष पछि एसियन कपमा छनोट हुनेछ । नेपालले सन् २०२२ मा भारतमा भएको एसियन कपमा स्थान बनाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?