३० कार्तिक २०८२, आइतबार
३० कार्तिक २०८२, आइतबार

श्रीलंकामाथि नेपालको फराकिलो जित

एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो । दोस्रो हाफमा नेपालले ४ गोल थपेको हो ।

नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । सातौं मिनेटमा अनिता बस्नेतको कर्नरमा गीता राना मगरले हेडरमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । खेलको २० औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

खेलको ४२औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरिन् । सबिता राना मगरले बायाँतर्फबाट दिएको बललाई उनले हेडर मार्फत गोलमा परिणत गरेकी हुन् । खेलको ५३औं मिनेटमा रश्मिकुमारी घिसिङलाई फाउल गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको थियो ।

नेपालका लागि ५४औं मिनेटमा गीता राना मगरले पेनाल्टीमार्फत गोल गरिन् । यो नेपालको पाँचौं गोल थियो । खेलको ६२औं मिनेटमा नेपालकी डिफेन्डर अनिता बस्नेतको कर्नरमा निशा थोकरले हेडरमार्फत गोल गरेकी हुन् । यो नेपालको छैटौं गोल हो । खेलको ७८औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । पूजाले डिबक्स बाहिरबाट दिएको पासलाई रेखाले हेडरमार्फत गोल गरेकी हुन् । यो प्रतियोगितामा रेखाको यो पहिलो गोल हो ।

नेपालको लागि फर्वाडमा खेलिरहेकी पुजा राना मगरले खेलको ८९औं मिनेटमा गोल गरिन् । नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा छ ।

अन्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ। नेपालले अन्तिम पटक सन् १९९९ मा एसियन कप खेलेको थियो । यदि समूह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएको खण्डमा नेपाल २६ वर्ष पछि एसियन कपमा छनोट हुनेछ । नेपालले सन् २०२२ मा भारतमा भएको एसियन कपमा स्थान बनाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?