२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रस्टाचार ठहर,आठ वर्ष बढी कैद सजाय

काठमाण्डौ। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेतलाई आठ वर्ष तीन महिना कैद सजाय हुने भएकाे छ।

विशेष अदालतले बस्नेतलाई भ्रष्टाचारको कसुरमा आठ वर्ष तीन महिना र सम्पत्ति शुद्धीकरणमा तीन वर्ष ३ महिना १८ दिनको कैद सजाय तोकेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले उनको सजाय सुनाएकाे हो।

अदालतले बस्नेत, पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीको अध्यक्ष/सञ्चालक राजुप्रसाद कँडेललाई भ्रष्टाचार कसुरमा दुई करोड ३० लाख ६१ हजार जरिबाना, बिगो (नौ करोड २२ लाख ४६ हजार)को दामासाहीले चारै प्रतिवादीबाट जनही बिगोबराबरको रकम जफत गर्न भनेको छ।

उक्त कसुरमा बस्नेत र कँडेललाई आठ वर्ष कैद तथा नगरपालिकाको प्रमुखजस्तो ओहोदामा रहेर भ्रष्टाचार गरेको कसूरमा बस्नेतलाई थप तीन महिना कैद सजाय हुने अदालतको ठहर छ।

यसैगरी, सम्पत्ति शुद्धीकरणतर्फ तीन वर्ष कैद र बिगोको दोब्बर (२६ करोड २५ लाख ४६ हजार रुपैयाँ) जरिबाना तोकिएको छ। यसका अतिरिक्त बस्नेतलाई सम्पत्ती शुद्धीकरण (मनि लाउनडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा ७ बमोजिम राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा थप १० प्रतिशत सजाय सुनाइएकाे छ। जसअनुसार थप ३ महिना १८ दिन कैद र दुई करोड ६२ लाख ५४ हजार रुपैयाँ जरिवाना हुनेछ।

साथै अपराधपीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम बस्नेतबाट एक करोड पाँच लाख एक हजार रुपैयाँ, पद्मा कोलोनी, पद्मा मर्चेन्ट कम्पनी र कँडेलबाट जनही नौ लाख २२ हजार रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?