२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

नर्भिक अस्पतालमा औषधि वितरणमा लापरवाही, बिरामी ठगिएको गुनासो

काठमाडौं,। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा औषधि वितरण र बिलिङ प्रक्रियामा लापरवाही भएको गुनासो सार्वजनिक भएको छ। बिरामीका परिवारले डाक्टरले लेखिदिएको औषधि र फार्मेसीबाट दिइएको औषधिमा भिन्नता भएको, बिलिङमा अनियमितता देखिएको र दिएको औषधिको परिमाण पनि नपुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बिरामीका आफन्तका अनुसार चिकित्सकले ‘Budamate-200’ क्याप्सुल एक थान दुई साता प्रयोग गर्न मिल्ने उल्लेख गरेर दिएको prescription अनुसार औषधि लिन जाँदा, नर्भिक फार्मेसीले त्यसको सट्टामा Budate-200 नामक फरक औषधि दिएको हो ।

यसै क्रममा फार्मेसीले ‘Budamate-200’ नामको औषधिको महँगो मूल्यमा बिलिङ गरेको देखिए पनि दिइएको औषधि सस्तो मूल्य पर्ने ‘Budate-200’ रहेको पाइएको छ। साथै चिकित्सकको रिपोर्ट अनुसार एक क्याप्सुल दुई साताका लागि पर्याप्त भनेको अवस्थामा फार्मेसीले दुई क्याप्सुलको बिल बनाएर मात्र एक क्याप्सुल थमाएको गुनासो छ।

बिरामी पक्षले यस्तो लापरवाही स्वास्थ्य सुरक्षामै खतराजनक भएको भन्दै अन्य सेवाग्राहीलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
“नर्भिक फार्मेसीबाट औषधि किन्दा बिल र डाक्टरको प्रिस्क्रिप्सन अनिवार्य रूपमा जाँच गर्नुहोस्,” उनीहरूको चेतावनी छ।

यस विषयमा अस्पताल प्रशासन वा सम्बन्धित निकायले कुनै प्रतिक्रिया दिएका छैनन्। तर यस्ता घटनाले बिरामीहरूमा अस्पतालप्रति विश्वासमा चोट पुर्‍याउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?