चेपाङ विद्यार्थीलाई नेपाल ट्युब द्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । काठमाडौं र नेपाल ट्युब अस्ट्रेलियाले धादिङ, बेनिघाट गाउँपालिका वडा नम्बर १० स्थित कोश्राङ आधारभूत विद्यालयका चेपाङ विद्यार्थीलाई छात्रवृत्तिसहित शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यमान चेपाङ र विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीको उपस्थितिमा छात्रवृत्तिसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल ट्युबले आफ्नो सामाजिक सञ्जाल फेसबुक, टिकटक र युट्युब मा २० लाख भन्दा बढी फलोअर्स पुगेको अवसरमा लाखौंमा एक’ छात्रवृत्ति अभियान ल्याएको हो । नेपाल ट्युबले एक्सन नेपालको सहकार्यमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

नेपाल ट्युब अष्ट्रेलियामा संचालित मल्टिमिडिया ल्पेटफर्म हो । नेपालट्युबले विगत ८ वर्षदेखि देश विदेशमा रहेका नेपाल र नेपालीसंग सम्बन्धित सुचना, जानकारी र शिक्षामुलक सामाग्रीहरु प्रशारण र प्रकाशन गर्दै आईरहेको छ ।

यो विद्यालयमा कक्षा पाँचसम्म अध्यापन हुँदै आएको छ । सो विद्यालयमा ६३ जना विद्यार्थी पढ्दै आएका छन् । जसमा ५८ जना चेपाङ समुदायका विद्यार्थी रहेका छन् ।

नेपाल ट्युब र एक्सन नेपालको यस सहयोगले चेपाङ समुदायको बालबालिकालाई पढाईमा सहयोग पुग्ने विद्यालयका प्राध्यानाध्यापक सुशीलराज गिरीले बताए ।

नेपाल ट्युब र एक्सन नेपालले प्रति विद्यार्थीलाई एक थान झोला, ३६ थान कापी, एक दर्जन पेन्सिल, एक थान क्याल्कुलेटर, एक थान ज्यामिती बक्स, एक दर्जन रंगिन पेन्सिल, एक थान आर्ट कापी र दुई दर्जन सिसाकलम प्रदान गरेको छ ।

यस अवसरमा एक्सन नेपालका कार्यकारी निर्देशक कमल ढुंगानाले नेपाल ट्युबसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

‘लाखौंमा एक’ अभियान नेपाल ट्युबप्रति समर्पित लाखौं दर्शकलाई सम्मान गर्ने उत्सवको माध्यम रहेको नेपाल ट्युबका प्रधान सम्पादक सरल गुरुङले बताएक छन् ।

नेपाल ट्युबले देश तथा विदेशमा भएका विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्रदान गरिरहेको छ । सन् २०२३ मा नेपाल ट्युबले अष्ट्रेलियाको टेक स्किल इस्टिच्युटसँगको सहकार्यमा ‘न्यु अबिलिटी’ छात्रवृत्ति ल्याएको थियो । जसअन्तर्गत अस्ट्रेलियामा आईटी पढिरहेका ८ जना विद्यार्थीलाई ४० हजार अस्ट्रेलियन डलर बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।

यसैगरी २०२४ मा नेपालका हिमाल, पहाड र तराईका ६ जना क्रिकेटरलाई छात्रवृत्ति प्रदान गरेको थियो । किक्रेट एक्सिलेन्सी सेन्टरसँगको सहकार्यमा नेपाल ट्युबले प्रोफेसनल क्रिकेट तालिमका लागि छात्रवृत्ति प्रदान गरेको हो । यति मात्र नभई नेपाल ट्युबले गत वर्ष विभिन्न परोपकारी पहलमार्फत झण्डै ३ लाख अस्ट्रेलियन डलर योगदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?