भक्तपुर । नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा भक्तपुरको राइजिङ्ग स्टार डान्स सेन्टरद्वारा आयोजित “भक्तपुर डान्स खुल्ला एकल नृत्य प्रतियोगिता २०८२” को ग्रान्ड फिनाले भव्य सांस्कृतिक माहोलमा सम्पन्न भएको छ।
प्रतियोगिता स्थानीय कलाकारहरूमा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको सेन्टरले जानकारी दिएको छ। ग्रान्ड फिनालेमा प्रथम स्थान स्नेहा खत्रीले हासिल गरेकी छन् भने युनिशा तामाङ तेस्रो भएकी छन् । दोस्रो उपाधि म्हारमेन दोङ को हाथ परेको आयोजकले जनाएको छ ।

विजेताहरूलाई क्रमशः नगद १ लाख, ५० हजार र २५ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। पुरस्कार वितरणको प्रमुख कार्य प्रतिनिधिसभा सदस्य दुर्लभ थापाको हातबाट सम्पन्न गरिएको थियो। उनी कार्यक्रममा प्रमुख अतिथि थिए।

प्रतियोगितामा भक्तपुर जिल्लाका ३८ वटै वडाबाट सहभागी रहेका थिए। प्रारम्भिक चरणमा २०० जना प्रतिस्पर्धी सहभागी भएका थिए भने दोस्रो चरणमा १३६, तेस्रोमा ६४, चौथोमा ३२ हुँदै अन्तिम पाँचौं चरणमा १६ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेसम्म पुगेका थिए ।

समापन समारोहमा स्थानिय जनप्रतिनिधि , बिभीन्न संघसंस्था , बुद्धिजीवी,ब्यवसायी,समाजसेवी तथा स्थानिय हरुको बाक्लो उत्साहपूर्ण उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक दिनेश अवाल ले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने,र कलाकारितामा भविष्य सुनिश्चित गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन् ।














