भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५, राधे राधेमा “भक्तपुर फिस टनेल एक्स्पो–२०८२” प्रतिनिधी सभा सदस्य दुर्लभ थापाको हातबाट रिबन काटेर भव्य उद्घाटन गरिएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था’को आयोजनामा र ‘मध्यपुर बोर्डिङ युनियन’को सहकार्यमा भइरहेको २०८२ सालको असार ६ गतेदेखि साउन १० गतेसम्म सञ्चालन हुने सो मेला आज उद्घाटन गरिएको हो ।
“उद्घाटन समारोह” भनी उल्लेख गरिएको कार्यक्रममा विभिन्न प्रकारका माछाका प्रजातिहरू, जलजीव र जलाशयमा आधारित सजावट, साथै भक्तपुरको सांस्कृतिक सम्पदालाई समेत देखाइएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य जलजीव तथा फिस टनेलको प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटन र आर्थिक क्रियाकलापलाई प्रवाह गर्ने रहेको आयोजक संस्थाले जनाएको छ। एक्स्पोमा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता अपेक्षित गरिएको छ।
यो एक्स्पो भक्तपुरको पर्यटन र सांस्कृतिक पहिचानलाई थप उजागर गर्दै, जलजीवप्रतिको चासो र संरक्षणमा समेत योगदान पुगाउने विश्वास लिइएको छ।














