२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

माओवादीलाई अपमानित गर्ने विरुद्ध खरो उत्रन वाईसियललाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई अपमानित गर्ने कोसिस भइरहेको भन्दै खरो रूपमा प्रस्तुत हुन वाईसियललाई निर्देशन दिएका छन् ।
वाईसीएलको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वको आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो बनाएर प्रस्तुत हुन निर्देशन दिएका हुन् । साथै उनले प्रतिगमनकारीहरूले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिने षड्यन्त्र गरिरहेको समेत बताए ।

‘प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले हामीले जनयुद्धबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन् । कहीँ न कहीँ जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस भइरहेका छन् ।’ उनले नवनिर्वाचित पदाधिकारीलाई वाइसीएलको जनरल स्टाफ भएको भन्दै पार्टीको आदेशमा चल्न निर्देशन दिए।
उनले भने, ‘अब तपाईँहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईँहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो साबित गर्नुहुनेमा म विश्वास व्यक्त गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?