२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

श्रेष्ठ नेतृत्वको समूहबाट थप १४ जना केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) परित्याग गरी गंगानारायण श्रेष्ठको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)मा समाहित भएका नेताहरुमध्ये थप १४ जना केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । माओवादी केन्द्रको गत शुक्रबार बसेको पदाधिकारी बैठकले गंगानारायण श्रेष्ठलाई सचिव बनाउने निर्णयसँगै उनको समूहका १५ जना नेताहरुलाई केन्द्रीय सदस्य बनाउने र अन्य २० जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै हाल १४ जनालाई केन्द्रीय सदस्य र २ जनालाई वैकल्पिक केन्द्रीय सदस्यका रूपमा मनोनीत गरिएको हो ।

माओवादी सचिव समेत रहेका गंगानारायण श्रेष्ठका अनुसार बाँकी वैकल्पिक केन्द्रीय सदस्यहरुको टुंगो छिट्टै लाग्नेछ । श्रेष्ठको नेतृत्वमा नेसपा त्याग गरेका नेता तथा कार्यकर्ता जेठ १२ गते औपचारिक रूपमा माओवादी केन्द्रमा समाहित भएका थिए । सो अवसरमा श्रेष्ठलाई तत्कालीन सचिव पद दिइएको थियो। माओवादी सशस्त्र संघर्षमा सक्रिय रहँदै पार्टीमा उच्च जिम्मेवारी सम्हालिसकेका उनी करिब १० वर्षपछि पुनः माओवादीमा फर्किएका हुन् ।

यस कदमलाई माओवादी नेतृत्वले पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिमा सहयोगी रुपमा लिएको बताइएको छ । गंगानारायणको समावेशी नेतृत्वमा माओवादीमा फर्किएको समूहमा तराई–मधेसदेखि पहाडी क्षेत्रका नेताहरु रहेका छन्, जसले पार्टीलाई भौगोलिक एवं सामाजिक दृष्टिले विविधता दिनसक्ने अनुमान गरिएको छ । माओवादी केन्द्रभित्र नयाँ शक्तिको आगमनसँगै पार्टीभित्र आन्तरिक समीकरण र रणनीतिक सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यी हुन् मनोनीत केन्द्रीय सदस्यहरू :

१) बन्दना सुवेदी (सिन्धुली)

२) सुरद बहादुर स्याङ्तान (सिन्धुली)

३) अक्कल बहादुर थिङ (काभ्रे)

४) राजेन्द्र कुमार किराती (संखुवासभा)

५) खुम्बराज खत्री (उदयपुर)

६) दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा)

७) ज्ञानेन्द्र कुमाल (गोरखा)

८) रमेश पोखरेल (गोरखा)

९) शिव सुन्दर शाही (अछाम)

१०) रामकैलाश यादव (सर्लाही)

११) वेदप्रसाद आचार्य (बाँके)

१२) नरेन्द्रनाथ योगी (जुम्ला)

१३) महेन्द्र बहादुर शाही (बाजुरा)

१४) सोविन थिङ (मकवानपुर)

१५) होम कुमारी दोङ (काभ्रे) वैकल्पिक केन्द्रीय सदस्य

१६) नहेन्द्र प्रधान (दोलखा) वैकल्पिक केन्द्रीय सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?