२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

गोरखामा ल्यापटप चोरीको आरोपमा पक्राउ

गोरखा – अजिरको गाउँपालिकाको एक विद्यालयको ल्यापटप र अन्य सामाग्री चोरी गरेको आरोपमा हंसपुरका १ जना युवकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अजिर कोट गाउँपालिका–३ हंसपुरका १९ वर्षीय युवक अर्जुन परियार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उनका अनुसार जेठ १५ गते मङ्गलवार लप्सिबोटमा रहेको ज्ञानज्योती माध्यमिक विद्यालयको २ थान ल्यापटप, ल्यापटपको चार्जर १ थान, स्पिकर १ थान, प्रोटेवल डिभाइस २ थान र टर्च लाइट २ थान चोरी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको हो ।

विद्यालयको चोरी भएको सामान सहित प्रहरीले परियारलाई पक्राउ गरेर चोरी मुद्दा दर्ता गराएको छ । जेठ १९ गते गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागी म्याद थप गरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?