२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

काठमाडौँ जिप्रका द्धारा दरबारमार्ग क्षेत्रमा भेला, जुलुस, प्रदर्शन र सभा निषेध

काठमाडौँ,। जिल्ला प्रशासन कार्यालय काठमाडौँले दरबारमार्ग क्षेत्र वरपर सार्वजनिक जमघट तथा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम सुरक्षा समितिको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त आदेश जारी गरेका हुन्। आदेश अनुसार २०८२ जेठ १७ गतेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रशासनले दरबारमार्ग क्षेत्र अन्तर्गत नारायणहिटी दरबार संग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन, सभा तथा शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पूर्ण रूपमा निषेध गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले हस्ताक्षरित आदेशमा जनाइएको छ कि उक्त क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो। प्रशासनले सर्वसाधारणमा संयमित रहन र आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Oplus_131072
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?