महेन्द्रनगरमा ६ दिने टिभिएस महा-एक्सचेञ्ज मेला सुरु

२०८२ जेठ ११ गते देखि १६ गतेसम्म मेला सञ्चालन हुने

महेन्द्रनगर: कंचनपुरको महेन्द्रनगरमा आजदेखि टिभिएसको महा एक्सचेञ्ज मेला सुरु भएको छ । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा. लिको महेन्द्रनगरका लागि आधिकारिक बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको आयोजनामा महेन्द्रनगरमा टिभिएस महा एक्स्चेन्ज मेला सुरु गरेको हो । उक्त एक्सचेञ्ज मेला सुदूरपश्चिमको अहिलेसम्मकै सबै भन्दा ठूलो टिभिएस मेला हुने कम्पनीले बताएको छ । २०८२ जेठ ११ गते देखि १६ गतेसम्म मेला सञ्चालन हुने छ।

महेन्द्रनगरको जिल्ला प्रहरी कार्यालय रोडमा रहेको टिभिएस शोरुमको प्राङ्गणमा सञ्चालन हुने एक्सचेञ्ज मेलामा बजारको बढ्दो मागलाई मध्येनजर गर्दै विभिन्न स्किमको व्यवस्था समेत गरिएको छ। मेलामा एक लाखसम्मको नगद छुट छ भने ३० हजार न्यूनतम ग्यारेन्टी मुल्याँकन रहेको जगदम्बा मोटर्सका सेल्स हेड धनिराम भुसालले बताए।
मेलाको ६ दिनको अवधिमा खरिद गर्ने ग्राहकलाई मध्यनजर गरेर सहज रुपमा जगदम्बा मोटर्सले शोरुममै फाइनान्सको सुविधा समेत उपलब्ध गराएको छ। टिभिएस सुदूरपश्चिम प्रदेशमा सर्वाधिक रुचाइएको ब्रान्ड रहेको कम्पनीले बताएको छ। हाल नेपालमा सर्वाधिक बिक्री दर भएको र धेरै रेन्ज भएको मोटरसाइकल कम्पनीमा पनि टिभिएस पर्दछ।

यस्तै मेला लन्चको भिडियोलाई सेयर गरि धेरै लाइक तथा कमेन्ट आउने तीन जना भाग्यशाली बिजेतालाई मेला सकिएको अन्तिम दिन आकर्षक उपहार दिइने माहामाया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक बिनोद कुमार भट्टले जानकारी दिए। टिभिएसले लाइफ टाइम वारेन्टी प्रदान गर्ने देशमा नेपाल मात्रै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

spot_img

छुटाउनुभयो कि ?