नगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको स्पष्टीकरण माग

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (सुपु) राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। मंगलबार उक्त पत्र पठाइएको महानगर स्रोतले पुष्टि गरेको छ।

गत चैत २१ गते गुरागाईं कार्यालय जाँदा उनीमाथि ‘हुलहुज्जत’ गरिएको आरोप छ। सो घटनामा नगर प्रहरीको संलग्नता रहेको भन्दै नगर प्रहरी प्रमुख पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्न अवरोध किन पुर्‍यायो भन्ने विषयमा लिखित स्पष्टीकरण दिन भनिएको हो।

यता, पाण्डेनिकट स्रोतले भने नगर प्रहरीले आफ्नो जिम्मेवारी अनुसार कार्यालयको सुरक्षा मात्र गरेको दाबी गरेको छ। उनीहरूको तर्कमा, “प्रशासकीय अधिकृतको उपस्थितिबारे जानकारी हुनु नगर प्रहरीको कार्यक्षेत्रमा पर्दैन। त्यस्तो जानकारी अन्य कर्मचारीलाई हुनसक्छ।”

यस विषयमा प्रतिक्रिया माग्दा सुपु पाण्डेले ‘स्पष्टीकरण पत्र आएको हो’ भन्ने कुरा स्वीकार गरे पनि थप प्रतिक्रिया दिन अस्वीकार गर्दै भने, “प्रशासकीय अधिकृतलाई नै सोध्नुस्।”

काठमाडौं महानगरपालिकाभित्र प्रशासनिक र सुरक्षासम्बन्धी जिम्मेवारीका सीमा स्पष्ट नभएको अवस्थामा देखिएको यो घटनाले आन्तरिक समन्वय र शक्ति सन्तुलनबारे प्रश्न उठाएको छ। अब पाण्डेको जवाफपश्चात् यसबारे थप निर्णय हुने अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?