गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएकोमा नेकपाद्वारा खुशी व्यक्त

धनगढी । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रतिनिधि सभाले पारित गरेपछि नेपाल कम्युनिस्ट पार्टीले खुशी व्यक्त गरेको छ।नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सी ले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै यसले सुदूरपश्चिमको चिकित्सा शिक्षा क्षेत्रमा अभूतपूर्व योगदान गर्ने विश्वास लिएको बताएका छन् ।

बिज्ञप्तिमा आफ्नो पार्टीले सुदूरपश्चिम प्रदेशको पहिलो बैठक (जो २०८१ बैशाखमा भएको थियो)ले यो मागलाई पुरा गर्न सरकारवालाहरुको ध्यानाकर्षण गराएको स्मरण गर्दै विधेयक पारित गर्न पहल गर्नेहरू सबैलाई धन्यवाद दिइएको छ।

त्यस्तै लामो समयदेखिको अन्यौलता र तीस वर्षदेखिको सुदूरपश्चिमका जनताको सपना पुरा भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी ६ शय शैयाको अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र उपकरण एवम् पूर्वाधार र यथाशक्य छिटो चिकित्सा शिक्षाको अध्यापन गर्न सरकारले आवश्यक व्यवस्थापन गर्नेछ भन्ने विश्वास गर्दछौं भनिएको छ।

जारी बिज्ञप्तिमा कानुन अनुसार कार्यान्वयनको लागि आफूहरु निरन्तर खबरदारी गरिरहने समेत उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?