कलैयामा ‘भौतिकवाद, धर्म-राजनीति र पश्चिमी रणनीति’ विषयक अन्तरक्रिया सम्पन्न

कलैया, बारा । नेपाल कम्युनिस्ट पार्टी, बाराको आयोजनामा बैशाख २६ गते कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा ‘भौतिकवाद, धर्म, राजनीति र पश्चिमी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रममा विभिन्न राजनीतिक दल, धर्मगुरु, पत्रकार, बौद्धिक वर्ग तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे।

कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले प्रस्तुत कार्यपत्रमा सबै धर्म मिथकबाट सुरु भएको चर्चा गर्दै विज्ञान र भौतिकवादी दृष्टिकोणमा आधारित सामाजिक चेतना निर्माणमा जोड दिए। उनले शासकहरूले सत्ता सञ्चालनमा विज्ञान प्रयोग गर्ने तर जनतालाई धर्ममार्फत नियन्त्रण गर्ने रणनीति अपनाउने बताए। साथै, नेपालमा क्रिश्चियन धर्मको नाममा अमेरिकी हस्तक्षेप तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सबै धर्मप्रति सहिष्णुता राख्दै वैज्ञानिक सोच अपनाउन आह्वान गरे।

कार्यपत्रप्रति टिप्पणी गर्दै भौतिकवादी समाज नेपालका अध्यक्ष बैधनाथ श्रमजीवीले अन्धविश्वास, जातीय विभाजन र रूढीको खण्डन गर्दै वैज्ञानिक चेतना फैलाउनु आजको आवश्यकता भएको बताए। नेकपा एकीकृत समाजवादीका श्रीप्रसाद पाश्वानले धर्ममार्फत सत्ता सुदृढ पार्ने ऐतिहासिक संरचना औँल्याए भने माओवादी केन्द्रका उमेश यादवले यस्ता बहसले विचारधारात्मक स्पष्टता र जनसङ्गठन निर्माणमा सहयोग गर्ने बताए।

प्रेस युनियन मधेस अध्यक्ष सत्यप्रकाश श्रेष्ठले धर्म र सञ्चारमाध्यमबीचको सम्बन्धबारे धारणा राखे भने विश्व हिन्दु महासंघका टिलेन्द्र ढकाले बाह्य हस्तक्षेपको विरोध गर्दै सनातन सहिष्णुताको संरक्षणमा जोड दिए। कार्यक्रममा बौद्ध, हिन्दु र इस्लाम धर्मका प्रतिनिधिहरू, पत्रकार, बौद्धिक वर्ग र युवा नेताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले गरेका थिए, अध्यक्षता नेकपा बारा इन्चार्ज जनक सीले गरेका थिए भने स्वागत मन्तव्य नेकपा केन्द्रीय सदस्य फिरोज सीले दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?