सर्वोच्चको आदेशपछि सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोगको परीक्षा स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले फागुन २० गते जारी गरेको विज्ञापनअनुसारको बढुवा परीक्षा सर्वोच्च अदालतको आदेशपछि स्थगित गरिएको छ। नवौँ तहका अप्राविधिक/प्राविधिक अधिकृत पदका लागि तय गरिएको परीक्षा कार्यक्रम स्थगित भएको आयोगले सूचना जारी गर्दै जनाएको हो। सर्वोच्च अदालतले वैशाख २४ गते अल्पकालीन आदेश जारी गर्दै अर्को आदेश नभएसम्म परीक्षा नगर्न भनेपछि आयोगले परीक्षा प्रक्रिया अगाडि नबढाउने निर्णय गरेको हो।

आयोगले सामान्य प्रशासनबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ७ जना, राजस्वबाट १ जना र कार्यक्षमताका आधारमा प्राविधिक तर्फ ७ जना र राजस्वबाट १ जनाका लागि विज्ञापन खुलाएको थियो। तर, वन तथा कृषि समूहका उम्मेदवारले आन्तरिक प्रतिस्पर्धाको अवसर नपाएको भन्दै सर्वोच्चमा रिट दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?