गोलघरको चिसो भुइँमा राखेर यातना दिँदा मिर्गौला बिग्रियोः ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग निवारण गर्ने राज्यको प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज काठमाडौँमा आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिने बताए र

निरोगी नेपालको महाअभियानमा कुष्टरोग निर्मुल गर्ने लक्ष्य पनि समेटिएको भन्दै उनले यो रोग पूर्ण रुपमा उन्मुलन नभएसम्म सन्तुष्ट हुन नसकिनेमा जोड दिए । पहिला पहिला मान्यजनले आशीर्वाद दिँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइँने गरेको स्मरण गर्दै उनले आहार–बिहार सही रुपमा गरे स्वस्थ्य रहन सकिने बताए । उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए ।

मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले आफूलाई पञ्चायती शासकले गोलघरको चिसो भुइँमा राखेर यातना दिएको पनि स्मरण गरे। सोही यातनाको कारण आफ्नो मिर्गौला फेल भएको उनले बताए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?