२ चैत्र २०८२, सोमबार
२ चैत्र २०८२, सोमबार

कृष्णपुर न.पा २ का वडाध्यक्ष साउदले गरे छोरीलाई सरकारी स्कुलमा भर्ना

कञ्चनपु्र, २३ बैशाख : कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन ।

बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन ।

वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ ।

कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले आफैले गरेको निर्णय आफैबाट पालनाका लागि छोरीलाई सामुदायिक विद्यालय आफैले अध्ययन गरेको विद्यालयमा भर्ना गरेको बताए । कृष्णपुर नगरपालिकाले चालु शैक्षिक सत्र ०८२ देखि जनप्रतिनिधी सहित, शिक्षक कर्मचारीका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने र निजी विद्यालयका संचालक, शिक्षक, कर्मचारीलाई सरकारी विद्यालयमा प्रशासकीय, व्यवस्थापन जिम्मेबार नरहने निर्णय गरेकोे थियो ।

कृष्णपुर नगरपालिकाको उक्त निर्णयसंगै जनप्रतिनिधी, कर्मचारी, शिक्षक आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना गराईरहेका छन । कृष्णपुरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय सुधारर्दै शैक्षिक गुणस्तरबृद्धिका लागि उक्त निर्णय गरेर कडाईपुर्वक जाने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?