सुुदूरपश्चिममा हुलाकी राजमार्ग केन्द्रीत माओवादी अभियान : ४७ वडा गाँउबस्तीमा

कञ्चनपुर, बैशाख १७ : नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत सुदूरपश्चिम प्रदेश(कैलाली, कञ्चनपुर)मा संचालन गरेको अभियान सफल भएको जनाएको छ । गत १२फागुन पुर्वी नेपाल झापादेखि शुरु भएको अभियान १५बैशाखमा सुप प्रदेश कैलाली पुगेर १७ बैशाख कञ्चनपुर भीमदत्त नगरपालिका पुगेर समापन गरिएको थियो ।

अभियान पश्चिात माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले समिक्षा गर्दै अभियान पूर्ण सफल भएको यस पछि मध्य पहाडी मार्ग केन्द्रीत अभियान संचालन गर्ने जनाएको छ । शुक्रबार माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको प्रेस विज्ञप्तीमा अभियान कैलाली, कञ्चनपुरका प्रतिनिधी सभा सदस्य ६ क्षेत्र, प्रदेशका ९, पालिका ९ र ४७ वडा गाँउबस्तीमा संचालन गरिएको छ ।

अभियान अन्र्तरगत सहिद, वेपत्ता, परिवार, आम सर्वसाधारण जनता संग भेटघाट ष्रिएको छ । विभिन्न पालिकाहरुमा सम्मान एव स्वागत गरिएको थियो । जनताकै घरमा बास, भोजनदेखि विकासका बारेमा अन्तरकृया गरिएको छ । अभियानले पाटीकोे उचाई बढाएको र जनतापनि पाटीप्रति आकर्षित भएको जनाएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तीमा अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहभागि पाटी नेता कार्यकर्ताहरुदेखि आम जनताप्रति आभार प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?