शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका माधव–झलनाथ लखेटिए

१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला नाराबाजी भएको छ । सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।

उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे । आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे । लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए । बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’ शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?