२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

ललितपुर सिटी एफसी दोस्रो पटक एनएसएल च्याम्पियन

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा पनि आफ्नो वर्चस्व कायम राख्दै उपाधि जितेको छ । शनिवार दशरथ रङ्गशालामा भएको रोमाञ्चक फाइनलमा ललितपुरले पोखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै अपराजित रहँदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।

खेलको पहिलो हाफ सुस्त गतिमा अघि बढेको थियो । तर, ४२औँ मिनेटमा ललितपुरका विदेशी स्ट्राइकर इमोह इजेकेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । मनोज राईको क्रसमा इमोहले हेड मार्फत गरेको गोलले ललितपुरलाई पहिलो हाफको अन्त्यतिर १-० को अग्रता दिलायो । यो सिजन इमोहको तेस्रो गोल थियो। उनले यसअघि लिग चरणमा पनि पोखरा थण्डर्सविरुद्ध गोल गरेका थिए ।

दोस्रो हाफमा पोखराले आक्रामक खेल प्रस्तुत गर्दै ६३औँ मिनेटमा बराबरी गोल फर्कायो। पदम भट्टराईको क्रसलाई स्टेफेन समिर विनोङले हेडमार्फत गोल प्रयास गरे, जुन ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले रोक्न सफल भएनन् । बल फितलो क्लियर हुँदा सुदिल राईले नजिकैबाट गोल गर्दै खेललाई १-१ मा ल्याए ।

तर, खेलमा फर्कन लागेका पोखराका आशामा ७४औँ मिनेटमा पापा इबोउ केबेले पानी छर्किए। इमोह इजेकेलले बक्स बाहिरबाट दिएको सशक्त पासलाई केबेले सानदार फिनिस गर्दै ललितपुरलाई फेरि अग्रता दिलाए । पोखराका डिफेन्डरहरुको गल्तीलाई लाभ उठाउँदै ललितपुरले दोस्रो गोल जोड्न सफल भयो।

खेलको बाँकी समय पोखराले बराबरी गोलको प्रयास गरेपनि ललितपुरको सुदृढ रक्षापंक्तिले उनीहरूको योजना विफल बनायो । यससँगै ललितपुरले तेस्रो संस्करणमा अपराजित यात्रा कायम राख्दै उपाधि जित्यो । दोस्रो सिजनको अन्तिम तीन खेलमा अपराजित रहेको ललितपुर यस सिजन आठ वटै खेलमा अपराजित रह्यो, र कुल अपराजित खेलको सङ्ख्या ११ पुर्‍यायो ।

विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझाउनु परेको छ ।

यस ऐतिहासिक सफलतामा कप्तान अनन्त तामाङ, सनिश श्रेष्ठ, आदित्य शाक्य तथा विदेशी खेलाडीहरु जेफ्री बाल्टुस, इमोह इजेकेल र पापा इबोउ केबेले महत्वपूर्ण भूमिका खेले । विशेषगरी इमोह र केबेको आक्रामक खेल प्रदर्शनले ललितपुरलाई फाइनलमा विजय दिलाउन निर्णायक साबित भयो ।

यससँगै ललितपुर सिटी एफसी एनएसएलको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ र नेपाली क्लब फुटबलमा आफ्नो नाम चम्काउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?