काठमाडौं । शिक्षक महासंघ नेपालले शिक्षकहरुको आन्दोलन जारी रहेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन् । बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो ।
आन्दोलन जारी छः शिक्षक महासंघ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
युग प्रेस डटकम
युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।














