२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

ओली आफ्नै पार्टीका मान्छेलाई समेत गाली गर्न थालेः माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली हतास मानसिकतामा रहेको र आफ्नै पार्टीका मान्छेलाई समेत गाली गर्न थालेको बताएको छ । आज पेरिसडाँडमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले उनी अब निभ्दै गरेको बत्ति जस्तै हुन लागेको समेत टिप्पणी गरेका छन् । उपाध्यक्ष सापकोटाले भने, ‘आफ्नो गुम्न लागेको साखलाई कतैबाट परालको त्यान्द्रोले जोगाउन सकिन्छ की भनेजस्तो गरेर लाग्न खोज्नु भएको छ प्रधानमन्त्री, प्रधानमन्त्रीको एकप्रकारले हतास मनिस्थितिको उपज हो । अहिले हेर्नुहुन्छ भने प्रधानमन्त्री सबैसित रिसाइरहनु भएको छ । आफ्नै पार्टीकासँग रिसाइराख्नु भएको छ । कर्मचारीसँग रिसाइराख्नु भएको छ ।’

उनले भने, ‘उहाँले हिजो नेतृत्वप्रति किन आत्मविश्वास नभएको भनेर आफ्नै पार्टीलाई भन्दै हुनुहुन्थ्यो । अरुलाई त गाली गरिराख्नु हुन्थ्यो, आफ्नै पार्टीकालाई पनि गाली गरिराख्नु भएको छ । यसअर्थमा अब निभ्दै गरेको बत्ति हो कि जस्तो लाग्दैछ ।’ उपाध्यक्ष सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्णरुपमा असफल भएको भन्दै एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उल्लेख गरेका छन् ।

उपाध्यक्ष सापकोटाले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन, यो गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?