३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

अशक्त मंगरा महतोलाई युवा संगठनका नेता सन्तोष सीद्वारा ह्विलचेयर प्रदान

भरतपुर, चैत ८ । भरतपुर महानगरपालिका वडा न.२७ निवासी ७० वर्षीय मंगरा महतोलाई ह्विलचेयर प्रदान गरिएको छ । महतो विगत केही वर्षदेखि शारीरिक अशक्तताका कारण चल्न असमर्थ थिए , उहाँलाई नेकपा निकट युवा संगठन भरतपुर महानगरका उपाध्यक्ष सन्तोष सीको पहलमा ह्विलचेयर दिईएको हो ।

आर्थिक अवस्था समेत कमजोर रहेको अवस्थामा उहाँको जीवन केही सहज बनोस् भन्ने उद्देश्यले युवा संगठनका उपाध्यक्ष सन्तोष सी, महिला संगठन भरतपुर महानगर अध्यक्ष सरस्वती सी र किसान संगठन भरतपुर महानगर अध्यक्ष पूर्ण सीको उपस्थितिमा उक्त सहयोग कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै किसान संगठन अध्यक्ष पूर्ण सीले भनिन, “हामी जनताको सुख-दुःखमा साथ दिन प्रतिबद्ध छौं। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण आजको यो कार्य हो। हामी कम्युनिस्टहरू जनताको सेवक हौं र सदैव सेवामा समर्पित रहन्छौं ।”

युवा संगठनका उपाध्यक्ष सन्तोष सीले यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। कार्यक्रममा स्थानीयवासीहरूको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?